कांग्रेस बैठक
उपसभामुखबारे साझा धारणा बनाउने कांग्रेसको निर्णय
बुधबार, २६ भदौ २०८१, ११ : ४५
काठमाडौँ । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामाथि उठेको प्रश्नबारे साझा धारणा बनाउनेबारे छलफल भएको छ । बुधबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले पार्टीको संसदीय दल र सत्तारुढ दल बसेर साझा धारणा बनाउने निर्णय गरेको हो ।
‘उपसभामुखले गर्नै नहुने काम गर्नुभयो, कुटनीतिक नियोगलाई पत्र लेख्ने जुन काम गर्नुभयो । यसले नेपालको संसदलाई नै अपमान गरेको कांग्रेसको बुझाइ छ, उहाँले मार्ग प्रशस्त गर्दा उपयुक्त हुन्छ’, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बैठकपछि भने, ‘यो विषय गम्भीर छ । यसले मुलुकलाई अपमान गरेको कांग्रेसको बुझाई छ । कसरी जाने भन्नेमा हाम्रो संसदीय दलको बैठक र सत्तारुढको समेत बैठक बसेर साझा धारणा बनाउँछौ ।’
कांग्रेसको बैठकअघि सत्तारुढ दलको बैठक बस्न लागेको घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण