एभरेष्ट महिला भलिबल लिग : भारतीय खेलाडी सूर्या चितवन शक्तिमा आबद्ध
काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको एभरेस्ट महिला भलिबल लिगको फ्रेन्चाइज टोलीमध्येको एक चितवन शक्तिले भारतीय खेलाडी सूर्यालाई अनुबन्ध गरेको छ । उनी भारतीय राष्ट्रिय टोलीकी मिडल ब्लकर हुन् ।
चितवनले आफ्नो टोलीमा आबद्ध गरेको सूर्या दोस्रो विदेशी खेलाडी हुन् । चितवनले यसअघि पहिलो विदेशी खेलाडीका रुपमा अजरबैजानकी केन्सिया पावेल्निकोलाई क्लबमा आबद्ध गरेको थियो ।
भारतीय खेलाडी सूर्या नेपाली भलिबलका लागि परिचित अनुहार हुन् । उनले यसअघि पनि नेपाली भलिबल लिगमा खेलिसकेकी छन् । उनी २०८१ सालमा भएको क्लब च्याम्पियनसिप लिगमा उत्कृष्ट ब्लकर घोषित भएकी थिइन् ।
सूर्या २०८० सालमा भएको एनभीए लिगमा पनि उत्कृष्ट स्पाइकर घोषित भएकी थिइन् । चितवनले सूर्याजस्तो प्रभावशाली खेलाडीलाई भित्राउन पाउँदा उत्साही भएको जनाएको छ । चितवन शक्तिमा नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही मार्की खेलाडीको रुपमा रहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण