समुद्री आँधीले भियतनाममा मर्नेको संख्या १५२ पुग्यो
हानोई । भियतनाममा शक्तिशाली समुद्री आँधी यागी सकिने कुनै संकेत छैन । ताइफुनका कारण त्यहाँ मर्नेको संख्या दिनहुँ बढ्दो छ ।
सरकारले गरेको अनुमान अनुसार आँधीका कारण हालसम्म १५२ जनाको मृत्यु भएको छ । अरु दर्जनौँ मानिस बेपत्ता रहेको बताइएको छ । देशको सबैभन्दा ठुलो नदीमा पानीको बहाव २ वर्षयताकै उच्च स्तरमा उक्लिएपछि राजधानी हानोईका सडक डुबानमा परेका छन् ।
बुधबारसम्म लाल नदीको बाढी हानोईको केही हिस्सा एक मिटरसम्म पसरेका छन् । छरछिमेकमा जान समेत मानिसहरूले डुंगाको साहारा लिनु परेको छ । सहरका न्यून तटीय क्षेत्रबाट हजारौँ मानिसलाई निकालिएको छ । हानोईको १० प्रशासकीय जिल्लामा बाढीको अलर्ट जारी गरिएको सरकारी सञ्चार माध्यमले भनेका छन् । मर्नेमध्ये अधिकांश उत्तरी भियतनाममा समुद्री आँधीले निम्त्याएको पहिरोमा पुरिएको सरकारले भनेको छ । योगीलाई यस वर्ष एसियामा आएको सबैभन्दा शक्तिशाली समुद्री आँधी भनिएको छ ।
मंगलबार अचानक बाढी आउँदा उत्तरी लाओ काई प्रान्तको एउटा गाउँ पूरै बगाएको थियो । यस क्रममा कम्तीमा २५ जनाको मृत्यु भएको पुष्टि भएको छ । सो गाउँमा बेपत्ता भइरहेकाहरूको खोजीका लागि सयौँ सेना परिचालन गरिएको थियो । भियतनाममा आउनु अघि यागीले दक्षिणी चीन र फिलिपिन्समा उत्पात मच्चाएको थियो । ताइफुनले त्यहाँ कम्तीमा २४ जनाको ज्यान लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण