स्वास्थ्य मन्त्रालयले खोज्न थाल्यो जग्गा
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका सबै विभाग, केन्द्र, अस्पताल र प्रयोगशालाका जग्गाको खोजी गर्न थालेको छ । ती जग्गाको संरक्षण तथा उचित व्यवस्थापनका लागि प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरेर काम थालेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
मन्त्रालयले तत् तत् निकायका नाममा रहेका जग्गाको विवरण, उपयोगको अवस्था समेतका विवरण १५ दिनभित्र पठाउन पत्राचार समेत गरेको प्रवक्ता डा.प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो प्रयासलाई सार्थक बनाउन सबै वर्ग तथा क्षेत्रको सहयोग आवश्यक भएको भन्दै मन्त्रालयले यस सम्बन्धमा केही सूचना भए जानकारी गराउन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ । जग्गा अतिक्रमण वा अन्य कुनै तरिकाले दुरुपयोग भएको थाहा भएमा मोवाईल नम्बर ९८५१२६४५५५ वा मन्त्रालयको इमेल ठेगाना [email protected] मा पठाई सहयोग गर्न अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण