वाल्डो क्यासिनोका म्यानेजर पक्राउ
काठमाडौँ । ६० किलो सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठमेलस्थित वाल्डो क्यासिनोका म्यानेजरलाई पक्राउ गरेको छ । क्यासिनो म्यानेजर तथा लेखा हेर्ने टेरेन्स टिएसईलाई पक्राउ गरिएको सीआईबीका एआईजी दीपक थापाले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा ‘वाल्डो क्यसिनो’ पनि जोडिएको थियो । सुन तस्करले अनधिकृत रूपमा क्यासिनोलाई माध्यम बनाएर हङकङमा पैसा पठाएको सुराक पाएपछि केन्द्रीय अनुसन्धान ब्युरोले क्यासिनोमाथि अनुसन्धान गरिरहेको थियो ।
चिनियाँ नागरिक टेरेन्स काठमाडौँ आएको सुराक पाएपछि ब्यूरोको टोलीले उनलाई पक्राउ गरेका हुन् । चिनियाँ सुन तस्कर ‘एलेक्स’ भनेर चिनिने याओ पुचेङ्ग वाल्डोमा खेल्न गइरहन्थे । तस्करीमा संलग्न मुख्य योजनाकार मध्येका ‘एलेक्स’ ले वाल्डो क्यासिनोमार्फत अनधिकृत रूपमा रकम हङकङ पठाउने गरेको अनुसन्धानबाट थाहा भएको छ ।
चिनियाँ नागरिकको व्यवस्थापनमा संचालित वाल्डो क्यासिनो हङकङ र मकाओमा पनि संचालनमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण