प्रशासन
संघीय मामिला मन्त्रालयले पठायो १०३ गाउँपालिकामा नयाँ प्रशासकीय अधिकृत
बुधबार, २६ भदौ २०८१, २० : २४
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १०३ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाएको छ । हालै लोकसेवा आयोगबाट अधिकृत तह उत्तीर्ण गरी कर्मचारी प्रशिक्षण प्रतिष्ठानबाट तालिम लिएका उनीहरूलाई गाउँपालिका पठाइएको हो ।
मन्त्रालयको प्रशासन महाशाखाले उनीहरूलाई काम गर्ने सरकारी निकाय रोजाएकोमा अधिकांशले स्थानीय तह रोजेको मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले रातोपाटीलाई जानकारी दिए । यो वर्ष लोकसेवाबाट १०७ जना पास भएका थिए । उनीहरूमध्ये ३ जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पोस्टिङ भएका छन् । धेरै गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेकोमा नयाँ अधिकृतहरू गाउँपालिकामा पोस्टिङ भएको पराजुलीले जानकारी दिए ।
केही गर्भवती महिला कर्मचारीलाई पायक पर्ने ठाउँमा, जिल्ला समन्वय समितिको कार्यालयमा पोस्टिङ गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण