प्रशासन
संघीय मामिला मन्त्रालयले पठायो १०३ गाउँपालिकामा नयाँ प्रशासकीय अधिकृत
बुधबार, २६ भदौ २०८१, २० : २४
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १०३ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाएको छ । हालै लोकसेवा आयोगबाट अधिकृत तह उत्तीर्ण गरी कर्मचारी प्रशिक्षण प्रतिष्ठानबाट तालिम लिएका उनीहरूलाई गाउँपालिका पठाइएको हो ।
मन्त्रालयको प्रशासन महाशाखाले उनीहरूलाई काम गर्ने सरकारी निकाय रोजाएकोमा अधिकांशले स्थानीय तह रोजेको मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले रातोपाटीलाई जानकारी दिए । यो वर्ष लोकसेवाबाट १०७ जना पास भएका थिए । उनीहरूमध्ये ३ जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पोस्टिङ भएका छन् । धेरै गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेकोमा नयाँ अधिकृतहरू गाउँपालिकामा पोस्टिङ भएको पराजुलीले जानकारी दिए ।
केही गर्भवती महिला कर्मचारीलाई पायक पर्ने ठाउँमा, जिल्ला समन्वय समितिको कार्यालयमा पोस्टिङ गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिबाट जलविद्युत परियोजनाबारे चासो
-
श्याम र दिव्या ‘मिस्टर र मिस एसइई सुपर मोडल’ घोषित
-
आगामी बजेटले तीन करोडभन्दा कमका आयोजना नराख्ने नीतिलाई अनुसरण गरेकाे छ : अर्थमन्त्री
-
‘नेपालमा हिरा किन्दा भारतभन्दा १८ प्रतिशत महँगो’
-
विगतकै निरन्तरताभन्दा माथि उठ्न सकेन कर्णालीको बजेट, आकर्षक बनाउन नयाँ नारा
-
इजरायलका रक्षामन्त्रीले इरानलाई दिए यस्तो चेतावनी