लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
बुटवल । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको ३० औँ बैठक आज बस्दै छ । आज दिउँसो २ बजे बस्ने बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । यही बैठकमा स्थानीय सेवाको गठन सम्बन्धी विधेयक निर्माणार्थ प्रस्तुत गर्ने तयारी छ ।
हिजो बसेको बैठकमा प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले प्रतिवेदन सहितको विधेयक सभामा पेस गर्नु भएको थियो । भदौ ६ गते बसेको प्रदेश सभाको २७ औँ बैठकले प्रतिवेदन सहित पेस भएको विधेयकलाई पुनः समितिमा पठाएको थियो ।
प्रदेशसभामा वैशाख ३० गते दर्ता भएको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइएको थियो । प्रदेश मामिला तथा कानुन समितिले प्रतिवेदन सहितको विधेयक तयार पार्न ३६ औँ बैठक सम्पन्न गरेको र लामो छलफलबाट प्रतिवेदन पुनः सभामा पेस गरिएको हो । बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा शून्य समय र विशेष समयमा बोल्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण