पूजाको प्रसाद खाएपछि झापामा ५० जना बिरामी
बिहीबार, २७ भदौ २०८१, ०९ : २४
काठमाडौँ । पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिकाको वडा नम्बर नौ खरवन्डी गाउँका करिब ५० जना मानिस बिरामी भएका छन् । स्थानीय छत्र निरौलाको घरमा मंगलबार लगाएको पूजाको प्रसाद खाँदा करिब ५० जना स्थानीय बिरामी परेको पूर्व वडाध्यक्ष पुण्य प्रसाईँले रातोपाटीलाई जानकारी दिए ।
‘मंगलबारको पुजा रहेछ । स्थानीयहरूले उक्त दिन प्रसाद खाएपछि बेलुकाबाटै बिरामी हुन थालेछन् । बुधबार धेरै जना बिरामी परेको खबरपछि बिरामीहरूलाई स्थानीय अस्पताल लगिएको थियो’, प्रसाईँले भने, ‘धेरै त बुधबार नै डिस्चार्ज भएका छन् ।’ उनले चार पाँच जना विएण्डसी र केही शनिश्चरे अस्पतालमा अझै उपचाररत रहेको बताए ।
बिरामी परेकाहरूमा झाडापखाला, बान्ता, पेट फुल्ने र जरो आउने लक्षण देखा परेको थियो । फुडपोइजनका कारण उनीहरू बिरामी परेको हुनसक्ने स्थानीयको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण