गाँजासहित रौतहटबाट साधु पक्राउ
बिहीबार, २७ भदौ २०८१, १० : ५०
रौतहट । रौतहटको देवाही गोनाही नगरक्षेत्र अन्तर्गतको गाउँबाट लागू औषधसहित एक जना साधु पक्राउ परेका छन् । देवाही गाेनाही नगरपालिका-९ धरहरी राम जानकी मठमा बस्दै आएका साधु सिकेन्द्र राय यादव गाँजासहित पक्राउ परेका हुन्।
मन्दिरबाट गाँजा बेचबिखन गर्ने गरेको सूचना अनुसार इलाका प्रहरी कार्यालय गोनाहीबाट गएको टोलीले गएराति चेकजाँच गर्दा लुकाई राखेको अन्दाजी १ किलो ग्राम लागु औषध गाँजा बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
लगत्तै साधु यादवलाई गाँजा सहित नियन्त्रणमा लिएको गिरीले जानकारी दिइन् ।
यादव हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेका छन् भने निजमाथि लागु औषध बेचबिखन सम्बन्धी मुद्दा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण