रुसले चन्द्रमामा बनाउने परमाणु ऊर्जा केन्द्रमा भारत र चीनको रुचि
मस्को । रुसले चन्द्रमामा परमाणु ऊर्जा केन्द्र बनाउन खोजिरहेको छ । रुसको यो पहलमा भारतले पनि सहभागिता जनाउने इच्छा राखेको भन्दै फर्स्ट पोस्ट डट कमले समाचार छापेको छ ।
चन्द्रयान–३ को सफल प्रक्षेपणले हौसिएर भारतले सो परियोजनामा रुचि देखाएको बताइएको छ । रुसको यो परियोजनामा चीनले पनि सहकार्य गर्ने खबरहरू आइरहेका छन् ।
यो परियोजनाको नेतृत्व रुसी परमाणु कर्पोरेसन रोसातोमले गर्नेछ । यसको लक्ष्य चन्द्रामा आधा मेगावाट बिजुली उत्पादन गर्ने सानो परमाणु रियाक्टर स्थापना गर्ने हुनेछ । चन्द्रमामा भविष्यमा हुने परियोजनाहरूलाई टेवा दिन यो ऊर्जा केन्द्र बनाउन लागिएको हो ।
यो परियोजना सन् २०३५ सम्ममा सञ्चालनमा आउने आशा गरिएको छ । यही वर्ष भारत चन्द्रमाको दक्षिण धुव्रमा यान अवतरण गराउने विश्वको पहिलो देश बनेको थियो । भारतले सन् २०३५ सम्ममा आफ्नै स्पेस स्टेसन भारतीय अन्तरिक्ष स्टेसन (बीएएस) पनि बनाउन खोजिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण