अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जनालाई पक्राउ गरेको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका-१८ जानकी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने शुक्लाफाँटा नगरपालिका-१ बन्साह घर भएका २० वर्षीय सन्तोष बिष्ट समेत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गर्यो ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर,नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिराहा, मिर्चैया नगरपालिका-५ स्कुलटोलबाट अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम सहित २ जनालाई बुधबार बेलुकी पक्राउ गरिएको छ । पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका–२ टुर्किया टोल बस्ने ४० वर्षीया गिता कुमारी साह र मिर्चैया नगरपालिका–५ स्कुलटोल बस्ने ४० वर्षीयाप्रमिला देबी साह रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यता कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ लिङ्गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५ मिलिग्राम सहित शिवराज नगरपालिका–६ बस्ने ३६ वर्षीय कमाल अहमद खाँ र २२ वर्षीय अजय यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु ९४ प १४७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, शिवसताक्षी नगरपालिका–२ किसन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीय अर्जुन कुमार राईलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाटखटिएको प्रहरीले काँकरभिट्टाबाट झिलझिलेतर्फ आउँदै गरेको बा.६२ प ३१४४ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रौतहट, देवाहि गोनाही नगरपालिका–९ धरहरीस्थित राम जानकी मन्दिरबाट अवैध लागूऔषध गाँजा १ किलोग्राम सहित मन्दिरका पुजारी सोही ठाउँ बस्ने ६५ वर्षीय सिकिन्द्र राय यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाटखटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
मोरङको रतुवामाई नगरपालिका-१ चुनीमारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय १० मिलिग्राम सहित उर्लाबारी नगरपालिका–५ बस्ने ३० वर्षीय गणेश तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको प्र.१–०१–०१६ प ७१३३ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।
यसैगरी मोरङको रतुवामाई नगरपालिका–२ घरू चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ५० मिलिग्राम सहित सोही नगरपालिका–८ दाम्राभिट्टा बस्ने २६ वर्षीय सुजन मोते र ३१ वर्षीय शिव कुमार लामिछानेलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरर इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको को।२४ प ९३१५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी स्वामित्वका बीमा कम्पनीहरूको लेखापरीक्षणमा ढिलाइप्रति सांसद कँडेलको आपत्ति
-
बाबुराम भट्टराईको प्रश्न : लोकतन्त्रको हत्या त गरिँदै छैन ?
-
‘सी चिनफिङ: द गभर्नान्स अफ चाइना’ को पाँचौँ खण्डको प्रवर्द्धन कार्यक्रम सम्पन्न
-
राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट
-
बीमा दाबी फर्छ्यौट ६ महिनाभित्रै सक्ने प्राधिकरण अध्यक्ष पौडेलको प्रतिबद्धता
-
मुख्यमन्त्री कँडेलले पनि सकेनन् बजेट कार्यान्वयनमा सुधार ल्याउन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण