बङ्गलादेशबाट फर्किएका विद्यार्थीले तोकिएकै कलेजमा इन्टर्नसिप पुरा गर्नुपर्ने
काठमाडौँ । बङ्गलादेशबाट फर्किएका चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीहरूले तोकिएकै कलेजमा इन्टर्नसिप गर्नुपर्ने भएको छ । बङ्गलादेशमा चिकित्साशास्त्र शिक्षा अध्ययन गरेर इन्टर्नसिप पुरा गर्न नपाएका नेपाली विद्यार्थीहरूले तोकिएकै कलेजमा इन्टर्नसिप गर्नुपर्ने भएको हो ।
ती विद्यार्थीहरूले सोही कलेजले तोकेका मेडिकल कलेजमा नै आफ्नो इन्टर्नसिप पूरा गर्नुपर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
एमबीबीएस, बीडीएस कार्यक्रममा अध्ययनरत नेपाली विद्यार्थीहरूले तोकिएको कलेजमा नै इन्टर्नसिप पूरा गर्नुपर्ने भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बङ्गलादेशस्थित सम्बन्धित मेडिकल कलेजहरूको धारणा माग गरेको थियो । त्यसपछि बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश सरकारले सम्बन्धित निकायमा समन्वय हुँदा बङ्गलादेशका विभिन्न मेडिकल कलेजहरूमा अध्ययनरत विद्यार्थीहरूले सोही कलेजले तोकेका मेडिकल कलेजमा नै आफ्नो इन्टर्नसिप पुरा गर्नुपर्ने व्यहोरोका पत्र पठाएका थिए । शिक्षा मन्त्रालयले सोही आधारमा सम्बन्धित विद्यार्थीहरूको इन्टर्नसिप सम्बन्धित मेडिकल कलेजले तोकेको कलेजमा मात्रै इन्टर्नसिप हुने बताएको हो ।
बङ्गलादेशमा कोटा विरोधी प्रदर्शन हुँदा चिकित्सा शिक्षा अध्ययन गर्न पुगेका नेपाली विद्यार्थीहरू स्वदेश फर्किएका छन् । एमबीबीएस तथा बीडीएस तहको अध्ययन पुरा गरेका तर, इन्टर्नसिप गर्न नपाएका विद्यार्थीहरूले नेपालमै इन्टर्नसीपको माग गर्दै आएका थिए ।
विद्यार्थीहरूले राखेका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले परराष्ट्र मार्फत बङ्गलादेशस्थित सम्बन्धित सम्बन्धित विश्वविद्यालय तथा कलेजहरूको धारणा माग गरेको थियो । त्यसपछि सम्बन्धित विश्वविद्यालयले तोकेको कलेजमा मात्रै इन्टर्नसिप पूरा गर्नुपर्ने बताएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण