शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

टीभीएसको बाइक तथा स्कुटीको फ्युल इन्जेक्सन भेरियन्ट अब नेपालमा

बिहीबार, २७ भदौ २०८१, २० : ३८
बिहीबार, २७ भदौ २०८१

काठमाडौँ । टीभीएस मोटर कम्पनीले रेडर (एफआई), एनटर्क डिस्क फ्युल इन्जेक्सन भेरियन्ट र  रेडिअन (एफआई) नेपालमा सार्वजनिक गरेको छ। टीभीएसका यी फ्युल इन्जेक्सन भेरियन्टका टू–ह्विलरहरु हुन् । 

टीभीएस रेडर  एफआइ भेरियन्ट : टीभीएस राइडर यसको स्टाइलिश डिजाइन र शक्तिशाली प्रदर्शनका कारण युवा र गतिशील राइडरहरू बिच लोकप्रिय रहेको  छ। हालै सार्वजनिक गरिएको एफआइ भेरियन्टले यसलाई थप उचाइमा पुर्‍याउँदै निम्न सुविधाहरू प्रदान गर्दछ ।  यसमा फ्युल इन्जेक्सन प्रविधिले फ्युलको प्रयोगलाई अनुकुल बनाउँछ र दैनिक होस्  कि लामो सवारीको लागि किफायती बनाउँछ। 

राडरहरूले सहज र रोमाञ्चक सवारी सुनिश्चित गर्दै सहज पावर डेलिभरी र कम इन्जिन कम्पनहरू अनुभव गर्न सक्छन्। टीभीएस रेडर  एफ़आइ भेरियन्ट युवाहरूको प्राथमिकता अनुरूप बोल्ड ग्राफिक्स र भाइवरेन्ट रङ्गहरूमा उपलब्ध छ ।

टीभीएस एनटर्क भेरियन्ट:

टीभीएस एनटर्कले स्कुटर सेगमेन्टमा खेलकुद शैलीलाई स्मार्ट सुविधाहरूसँग संयोजन गर्दै ट्रेन्डसेटरको रूपमा स्थापित गरेको छ। यस भेरियन्टमा पाइने कुराहरु :

• सुपीरियर थ्रॉटल रेस्पोन्स: उन्नत एफआइ प्रणालीले राइडरहरु बिच उत्साह बढाउँदै प्रतिक्रियाशील एक्सेलेरेशन प्रदान गर्दछ।

• इको-फ्रेन्डली राइड : राम्रो फ्युल  व्यवस्थापनको साथ, टीभीएस एनटर्क भेरियन्टले कम उत्सर्जन प्रदान गर्दै वातावरणलाई प्रदुषणमुक्त राख्न मदत गर्दछ । 

• अत्याधुनिक डिजाइन: एफआइ भेरियन्टले एनटर्कको  आइकोनिक डिजाइन एलीमेंटहरु कायम राख्दै नयाँ डिकल र रंग विकल्पहरू ल्याएको छ । 

टीभीएस रेडिअन  एफआइ भेरियन्ट:

आधुनिक यात्रीको लागि डिजाइन गरिएको टीभीएस रेडिअन  एफआइले १५ % माइलेज दिन्छ , जसले हरेक यात्रालाई स्मार्ट,  सहज र प्रभावकारी बनाउँछ। यस भेरियन्टमा पाइन सकिने फाइदाहरू :

• स्थायित्व: रेडिअन  एफआइमा भएको ड्युरा इन्जिनले लामो समयसम्म टिक्ने  माइलेज र प्रदर्शन दिन्छ। यसको सुपर बलियो बक्स फलामको चेसिसले बाइकलाई मजबुत र स्थिर बनाउँछ, जसले गर्दा यो हरेक किसिमका सडकहरूमा चलाउनको लागि सहज हुन्छ।

• आरामदायी र सुविधाजनक  - यस  भेरियन्टमा भएको  लामो कुसन सिट, क्यारियरसहितको पिलियन ग्रेब्रेल,  दैनिक अत्यावश्यक वस्तुहरूको लागि हुकसहितको लेडी पिलियन ह्यान्डल र सुविधाजनक अल  गियर सेल्फ-स्टार्ट सुविधाले , सवारीको अनुभव बढाउन्छ। 

• सुरक्षित :  सुरक्षालाई  ध्यानमा  राखी यसमा प्रिमियम अलोय ह्विल, डिस्क ब्रेक, र सिंक्रोनाइज्ड ब्रेकिङ टेक्नोलोजीको व्यवस्था गरिएको छ, । 

टीभीएस रेडर , टीभीएस  एनटर्क र  टीभीएस रेडिअनका नयाँ एफआइ भेरियन्टहरू अब नेपालभरका सबै अधिकृत टीभीएस  डिलरशिपमा उपलब्ध छन्। टीभीएस रेडर  एफआइ  को मूल्य रु २,९२,९००/-  , टीभीएस  एनटर्क एफआइ को मूल्य रु २,७९,९००/-  र टीभीएस रेडिअन  एफआइको मूल्य रु २,३६  ,९०० रहेको  छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप