अदानी समूहमाथि हिन्डनबर्गको नयाँ आरोप
नयाँ दिल्ली । अमेरिकी शर्ट सेलर कम्पनी हिन्डनबर्ग रिसर्चले एकपटक फेरि अदानी समूहमाथि आरोप लगाएको छ । माइक्रो ब्लगिङ वेबसाइट एक्समा हिन्डनबर्गले एउटा पोस्ट गर्दै हिन्डनबर्गले सो आरोप लगाएको हो ।
कम्पनीका अनुसार सम्पत्ति शुद्धीकरणको आरोपमा स्वीस बैंकहरूले अदानी समूहको २१ करोड डलर रोक्का गरिदिएको छ । हिन्डनबर्गले स्वीस सञ्चार माध्यममा छापिएको समाचारलाई उद्धृत गर्दै यस्तो दाबी गरेको हो । तर यो आरोपलाई अदानी समूहले पूर्ण रूपमा अस्वीकार गरेको छ ।
‘२०२१ को सुरुमा अदानी समूहमाथि सम्पत्ति शुद्धीकरण र सेक्युरिटीज ठगीबारे अनुसन्धान भएको थियो, यस मामिलामा स्वीस बैंकमा कम्पनीले जम्मा गरेर राखेको ३१ करोड डलर भन्दा अधिक रकम रोक्का गरिदिएको छ ।’ स्विस मिडियामा सार्वजनिक भएको स्वीस आपराधिक रेकर्डलाई उद्धृत गर्दै हिन्डनबर्गले लेखेको छ ।
एक विज्ञप्ति जारी गर्दै अदानी समूहले यस कुराको अस्वीकार गरेको छ । यो आरोपलाई समूहले निराधार भनेको छ । यसलाई उसले समूहको प्रतिष्ठालाई ध्वस्त पार्ने र यसको बजार मूल्यमा क्षति पुर्याउने योजनाबद्ध प्रयास भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण