मिलेर नयाँ कार बनाउँदैछन् ह्युन्डाई र जनरल मोटर्स
शुक्रबार, २८ भदौ २०८१, १२ : ५०
हङकङ । दक्षिण कोरियाली कार निर्माता कम्पनी ह्युन्डाई र अमेरिकी अटो निर्माता कम्पनी जनरल मोटर्सले मिलेर नयाँ कार बनाउने सहमति गरेका छन् । नयाँ कार, आपूर्ति शृङ्खला र प्रविधिमा मिलेर काम गर्ने तरिकामाथि दुई पक्ष सहमत भएका छन् ।
विश्वभर सवारी साधनबाट हुने उत्सर्जनमा नियमन कसिलो बनाउने क्रम बढ्दा यतिबेला विश्वभरका कार निर्माताहरू नयाँ विद्युतीय सवारी साधन र ब्याट्री प्रविधि बनाउने चर्को दबाबमा छन् ।
यसैबिच बिहीबार कम्पनीहरूले मिलेर भविष्यको स्वच्छ ऊर्जा प्रविधिमा आधारित कारको विकास गर्ने र उत्पादन गर्ने घोषणा गरेका छन् । कम्पनीले स्वच्छ ऊर्जा, विद्युतीय र हाइड्रोजनबाट चल्ने सवारी साधन बनाउने योजना बनाएका छन् ।
सम्झौतामा ह्युन्डाई मोटरका कार्यकारी अध्यक्ष इउसन चुङ र जीएमकी अध्यक्ष तथा सीईओ मेरी बार्राले हस्ताक्षर गरेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण