कृषिका लागि बन्ने कानुनहरूको तर्जुमा भइरहेको छ : मन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिसँग सम्बन्धी बन्ने कानुनहरूको तर्जुमा भइरहेको बताएका छन् ।
फ्लोरीकल्चर एशोसिएसन नेपाल (फ्यान) को ३२ औँ वार्षिक साधारण सभा तथा कार्यसमितिको निर्वाचन कार्यक्रममा कृषि ऐन, बीउ विजन नियमावली, अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७ को संशोधन, पशु कल्याण मस्यौदा लगायत कृषिका विभिन्न कानुनहरूको तर्जुमा भइरहेको बताएका हुन् । ‘हामी कृषि ऐन छिटो ल्याउँदै छौँ,’ उनले भने, ‘कृषि अन्तर्गतका ऐन, नियमावली तर्जुमा भइरहेका छन् ।’
मन्त्री अधिकारीले पुष्प व्यवसायीहरूलाई आयातित पुष्पको मात्रै व्यापार नगरी स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने सुझाए ।
नेपालमा पुष्प व्यवसायमा ९ अर्ब लगानी रहेको छ । फ्यान अध्यक्ष मीन बहादुर तामाङले नेपालमा वार्षिक रूपमा ३ अर्ब रुपैयाँ बराबरको फूलको कारोबार हुँदै आएको बताए । देशभरका ७७ जिल्लामध्ये ५२ जिल्लामा २६० हेक्टर क्षेत्रफलमा फूल खेती हुन्छ । यो पेसमा करिब साढे ११ सय किसान संलग्न छन् । अध्यक्ष तामाङले पुष्प प्रवर्द्धन मस्यौदा अन्तिम चरण रहेको तर्क राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण