उत्तर कोरियाले पहिलो पटक देखायो आफ्नो युरेनियम भण्डार
प्योङयाङ । उत्तर कोरियाले ठुलो मात्रामा युरेनियम थुपारेर राखिरहेको छ । हालै मात्र उत्तर कोरियाली नेता किम जोङ्ग उनले युरेनियम संवर्द्धन भण्डारको भ्रमण गरेका थिए । त्यतिबेलाको केही फोटो उत्तर कोरियाले सार्वजनिक गरेको छ ।
सो अवसरमा किमले नयाँ सेन्ट्रीफ्यूज तयार गर्न निर्देशन दिएको बताइएको छ । किमको भ्रमणको तस्बिरको साथमा उत्तर कोरियाले पहिलोपटक विश्वलाई आफ्नो यूरोनियमको भण्डारको झलक देखाएको छ ।
तस्बिरमा किम युरेनियमलाई समृद्ध बनाउने मेशिनहरू मेटल सेन्ट्रिफ्युजको लामको बिचमा छन् । किम कहिले सो केन्द्रमा गएका थिए भन्ने चाँहि खुलासा भएको छैन । किमले धेरै हतियार बनाउन आग्रह गरेको बताइएको छ ।
अमेरिका र उसको सहयोगी देशको तर्फबाट सम्भावित खतरा उल्लेख गर्दै उनले देशको परमाणु हातहतियार मजबुत बनाउनमा जोड दिएका थिए । आत्मरक्षाका लागि हतियारको सङ्ख्या बढाउन जरुरी भएको पनि उनले बताए ।
उत्तर कोरियाले आफूसँग कयौँ युरेनियम संवर्द्धन केन्द्र भएको दाबी गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण