कराँतेका कुशल श्रेष्ठ बने वर्षका सर्वोत्कृष्ट प्रशिक्षक
काठमाडौँ । ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८०’ अन्तर्गत वर्षको सर्वोत्कृष्ट प्रशिक्षकको अवार्ड कराँतेका कुशल श्रेष्ठले जितेका छन् । शुक्रबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको अवार्ड कार्यक्रममा उनी वर्षको सर्वोत्कृष्ट प्रशिक्षक घोषित भएका हुन् । उनले पल्सर एनएस २०० मोटरसाइकल पुरस्कार पाए ।
२०८० सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको उत्कृष्ट प्रदर्शन र नतिजाका आधारमा उनी वर्षको सर्वोत्कृष्ट प्रशिक्षक घोषित भएका हुन् । उनले पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा, क्रिकेट प्रशिक्षक मोन्टी देसाई, कबड्डी प्रशिक्षक पार्वती राई र भारोत्तोलन प्रशिक्षक सञ्जय मर्हजनलाई पछि पार्दै सर्वोत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारेका हुन् ।
कुशलले १९औँ एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले इन्डोनेसियाको जाकार्तामा सम्पन्न विश्व सितोरियो कराँते च्याम्पियनसिपमा नेपाललाई एक स्वर्ण, तीन रजत र पाँच कांस्य पदक दिलाएका थिए ।
कुशलले सातौँ एसियन कराँते च्याम्पियनसिपमा पनि नेपाललाई २९ स्वर्ण, २५ रजत र सातवटा कांस्य पदक दिलाएका थिए । यसका अतिरिक्त उनले अमेरिकामा भएको यूएस ओपन कराँते च्याम्पियनसिपमा पनि नेपाललाई एक स्वर्ण र एक रजत पदक जिताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण