कराँतेका कुशल श्रेष्ठ बने वर्षका सर्वोत्कृष्ट प्रशिक्षक

काठमाडौँ । ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८०’ अन्तर्गत वर्षको सर्वोत्कृष्ट प्रशिक्षकको अवार्ड कराँतेका कुशल श्रेष्ठले जितेका छन् । शुक्रबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको अवार्ड कार्यक्रममा उनी वर्षको सर्वोत्कृष्ट प्रशिक्षक घोषित भएका हुन् । उनले पल्सर एनएस २०० मोटरसाइकल पुरस्कार पाए ।
२०८० सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको उत्कृष्ट प्रदर्शन र नतिजाका आधारमा उनी वर्षको सर्वोत्कृष्ट प्रशिक्षक घोषित भएका हुन् । उनले पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा, क्रिकेट प्रशिक्षक मोन्टी देसाई, कबड्डी प्रशिक्षक पार्वती राई र भारोत्तोलन प्रशिक्षक सञ्जय मर्हजनलाई पछि पार्दै सर्वोत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारेका हुन् ।
कुशलले १९औँ एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले इन्डोनेसियाको जाकार्तामा सम्पन्न विश्व सितोरियो कराँते च्याम्पियनसिपमा नेपाललाई एक स्वर्ण, तीन रजत र पाँच कांस्य पदक दिलाएका थिए ।
कुशलले सातौँ एसियन कराँते च्याम्पियनसिपमा पनि नेपाललाई २९ स्वर्ण, २५ रजत र सातवटा कांस्य पदक दिलाएका थिए । यसका अतिरिक्त उनले अमेरिकामा भएको यूएस ओपन कराँते च्याम्पियनसिपमा पनि नेपाललाई एक स्वर्ण र एक रजत पदक जिताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवाह गर्ने उमेर घटाउन मन्त्री साहको सुझाव
-
बाढीले विद्युत् सेवा अवरूद्ध, २५० परिवार अन्धकारमा
-
गृह मन्त्रालयले गर्यो चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ६ सहसचिवको सरुवा
-
गृहमन्त्रीको पक्षमा मधेसी दलहरू : भने– स्वच्छ छवि भएकालाई जबर्जस्ती आरोप लगाइयो
-
‘माइतीघर’को गीत ‘वसन्त नै बस्न खोज्छ’मा उपासना र श्यामाश्रीको ठुम्का
-
शेख हसिनाविरूद्ध पक्राउ पूर्जी जारी