पलेशा गोबर्धनलाई पारा एथलिट सम्मान
काठमाडौँ । ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८०’ अन्तर्गत पारा एथलिट सम्मान पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई प्रदान गरिएको छ । शुक्रबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको अवार्ड कार्यक्रममा उनले पारा एथलिट सम्मान हात पारेकी हुन् । उनले एक लाख रुपैयाँ नगद र गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।
पलेशा छनोट चरण पार गर्दै पारा ओलम्पिकमा सहभागिता जनाउने पहिलो नेपाली खेलाडी हुन् । चीनमा सम्पन्न एसियाली क्षेत्रको छनोट प्रतियोगितामा स्वर्ण पदक जित्दै पलेशा पेरिस पारा ओलम्पिकमा छनोट भएकी थिइन् ।
पलेशाले पारा ओलम्पिक खेलकुदमा सहभागिता जनाएको यो लगातार दोस्रो पटक हो । उनले चीनमा सम्पन्न पेरिस ओलम्पिकको एसियाली छनोटमा के–४४ अन्तर्गत महिलातर्फको ५७ केजीभन्दा मुनिको तौलसमूहमा स्वर्ण पदक जितेकी थिइन् ।
पले शाले फाइनलमा इरानकी खेलाडीलाई हराएकी थिइन् । पले शाले त्यसअघि जापानको टोकियोमा सम्पन्न पारा ओलम्पिक पनि खेलेकी थिइन् । टोकियो पारा ओलम्पिकमा पनि उनले आफ्नो स्पर्धामा दुई बाउट जितेर गतिलो चर्चा बटुलेकी थिइन् ।
‘वाइल्ड कार्ड’ मार्फत टोकियो ओलम्पिकमा सहभागिता जनाएकी पले शाले अमेरिकाकी ब्रियाना सालिनारालाई १०–० स्कोरले हराएकी थिइन् । उनले अर्को खेलमा सर्बियाकी मासिजा मिसेभलाई २३–१८ स्कोरले पराजित गरेकी थिइन् । कांस्य पदकका लागि भएको भिडन्तमा उनी चीनकी खेलाडी युजी लीसँग ९–१२ स्कोरले पराजित भएकी थिइन् ।
पलेशा सन् २०२३ मा चीनमा सम्पन्न एसियाली पारा खेलकुद प्रतियोगितामा देशका लागि ऐतिहासिक कांस्य पदक जित्ने खेलाडी पनि हुन् । त्यसअघि कुनै पनि खेलाडीले एसियाली पारा खेलकुदमा पदक जित्न सकेको थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण