नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको छ : प्रचण्ड
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बन्दै गएको बताएका छन् । नेपाल उद्योग परिसंघले काठमाडौँमा आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन समापनमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै उनले यसलाई अझै बढाएर लैजानुपर्ने बताए ।
नेपालमा ठुलो राजनीतिक परिवर्तन भए पनि त्यही अनुपातमा आर्थिक रूपान्तरणका कार्यक्रम अघि बढ्न नसकेको उल्लेख गर्दै उनले आफूहरूले पछिल्लो समय जतिसक्दो धेरै लगानीको वातावरण बनाउने प्रयास गरिरहेको बताए ।
‘हामीले नेपालमा जुन प्रकारको राजनीतिक परिवर्तन गरेका छौँ, त्यसको तुलनामा पूर्वाधार निर्माणलगायत आर्थिक रूपान्तरणका काम अघि बढ्न नसके पनि हामीले जतिसक्यो राम्रो गर्ने प्रयास गरी नै गरिरहेका छौँ’, उनले भने, ‘मैले सरकारको नेतृत्व गरेको बेलामा लगानीमैत्री वातावरण बनाउन अत्यधिक प्रयत्न गरे ।’
देशभित्र र बाहिरको लगानी ल्याउन सहयोग हुने गरी लगानी सम्मेलन आयोजना गरिएको उल्लेख गर्दै उनले उक्त सम्मेलनमा देशभित्र र बाहिरबाट महत्त्वपूर्ण प्रतिनिधित्व रहेको बताए ।
आफू हाल सरकारमा नभए पनि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले लगानीमैत्री बनाउन र आर्थिक रूपान्तरणमा योगदान दिन लागिरहने प्रतिबद्धता उनले व्यक्त गरे । दिगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै नेपाल उद्योग परिसंघले सन् २०१४ देखि अहिलेसम्म नेपाल पूर्वाधार सम्मेलनको पाँचौँ संस्करण सम्पन्न गरेकोमा उनले आयोजकलाई धन्यवाद पनि दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
-
नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने
-
२०२२ देखि विश्वकप २०२६ सम्मः जसलाई पनि हराउन सक्ने टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण