कोलकता घटना : राजीनामा दिन तयार भइन् मुख्यमन्त्री ममता
नयाँ दिल्ली । भारतको कोलकातामा प्रशिक्षार्थी महिला डाक्टरको बलात्कार प्रकरणमा घेरिएकी पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पहिलो पटक राजीनामा दिने प्रस्ताव गरेकी छिन् । सर्वोच्च अदालतको आदेशपछि पनि चिकित्सकको आन्दोलन जारी रहेकोमा ममता बनर्जीले जनताको हितमा यो कदम चाल्न तयार रहेको बताएकी हुन् ।
कनिष्ठ डाक्टरहरू हडताल र आन्दोलनमा अडिग रहेपछि ममता बनर्जीले बिहीबार राजीनामा दिने प्रस्ताव गरेकी छिन् । प्रदेश सरकारका तर्फबाट सचिवालयमा कनिष्ठ डाक्टरहरूसँग गतिरोध तोड्नेबारे वार्ता भएको थियो । ३० सदस्यीय चिकित्सकको प्रतिनिधिमण्डल सचिवालय पुगेपनि बैठक लाइभ गर्ने विषयलाई लिएर विवाद उत्पन्न भएको थियो । बनर्जीले त्यसपछि मिडियालाई सम्बोधन गरेर देश र विश्वका जनतासँग माफी मागेकी थिइन् ।
सचिवालयमा शीर्ष अधिकारीहरूसँग बसेर ममता बनर्जीले जुनियर डाक्टरहरूलाई पर्खेकी थिइन् । पछि उनले डाक्टरहरू नआएकोमा माफी मागिन् । एक भिडियो ब्रिफिङमा उनले माफी माग्दै जनताको हितमा राजीनामा दिन पनि तयार रहेको भनेकी थिइन् । सो बैठकमा राज्यका डीजीपी राजीव कुमार र मुख्य सचिव पनि उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण