अमेरिकी चुनावमा पोपको सुझाव : दुईमध्ये ‘कम खराब‘ लाई मतदान गर्नु
शनिबार, २९ भदौ २०८१, १२ : ४९
वासिङ्टन । क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसले अमेरिकी राष्ट्रपति पदका दुवै प्रमुख उम्मेदवार ‘जीवन विरुद्ध’ रहेको बताएका छन् । उनले क्याथोलिक मतदाताहरूलाई नोभेम्बरको चुनावमा मतदान गर्दा दुईमध्ये ‘कम खराब‘ छनौट गर्न सल्लाह दिएका हुन् ।
डोनाल्ड ट्रम्पको सन्दर्भमा पोपले आप्रवासीलाई स्वागत नगर्नु ‘गम्भीर’ पाप भएको बताए । यसबाहेक उनले गर्भपतनमा कमला ह्यारिसको अडानलाई ‘हत्या’ सँग तुलना गरे।
‘दुवै उम्मेदवार जीवनको विरुद्धमा छन्, चाहे त्यो आप्रवासीहरूलाई निष्कासन गर्ने होस् वा बच्चाहरूलाई मार्ने होस्,’ पोपले दक्षिणपूर्वी एसियाको १२ दिने भ्रमण समाप्त गर्दै शुक्रबार पत्रकार सम्मेलनमा भने।
पोपले आफ्नो टिप्पणीमा ह्यारिस वा ट्रम्पको नाम भने लिएनन्। विश्वव्यापी रूपमा १.४ अर्ब क्याथोलिकहरू मध्ये, ५.२ करोड अमेरिकी क्याथोलिकहरू छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण