गाजामा ५ लाख ६० हजार बालबालिकालाई खोप लगाइयो : राष्ट्रसङ्घ
एजेन्सी । संयुक्त राष्ट्रसङ्घले गाजापट्टीका १० वर्ष मुनिका पाँच लाख ६० हजार भन्दा बढी बालबालिकालाई पोलियो विरुद्धको खोप लगाएको जनाएको छ ।
गाजाको उत्तर, मध्य र दक्षिणी क्षेत्रमा आपत्कालीन खोप अभियानको पहिलो चरण बिहीबार समाप्त भएको मानवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसिएच्ए) जानकारी दिएको छ ।
ओसिएइचएका अनुसार उत्तरी गाजामा पहिलो चरणमा संयुक्त राष्ट्रसङ्घ तथा यसका साझेदारले एक लाख १२ हजार भन्दा बढी बालबालिकामा खोप लगाइएको छ ।
साझेदारहरूले करिब चार हप्तामा खोप अभियानको दोस्रो चरण सुरु गर्ने तयारी गरेको ओसिएइचएको कार्यालयले जनाएको छ ।
मानवतावादीले डब्ल्यूएचओको नयाँ विश्लेषणलाई उद्धृत गर्दै जुलाई २३ सम्म गाजामा घाइते भएका २२ हजार ५०० मानिसलाई गम्भीर चोटपटक लागेको अनुमान गरेका छन् जसलाई आगामी वर्षमा पुनर्वास सेवाहरू आवश्यक पर्छ ।
ओसिएइचएले गाजामा स्वास्थ्य प्रणालीको विनाशको बीचमा ३६ मध्ये केवल १७ अस्पताल मात्र आंशिक रूपमा सञ्चालनमा रहेको जनाएको छ । सीमित अस्पतालहरूमा पनि आक्रमण, असुरक्षा र बारम्बार निकासी आदेशको कारण प्राथमिक स्वास्थ्य लगायतका सेवासमेत पहुँचयोग्य छैनन् ।
वेस्ट बैङको तुलकार्म र टुबासमा इजरायली सेनाले गरेको पछिल्लो अपरेसनबाट प्रभावित मानिसको आवश्यकता मूल्याङ्कन गर्न मानवीय साझेदारलाई परिचालन गरेको कार्यालयले जनाएको छ जहाँ एक दर्जन प्यालेस्टिनीले मृत्यु भएको थियो ।
ओसिएइचएले प्यालेस्टिनी र इजरायली सेना बिचको गोलीबारीले इजरायली अपरेसनको क्रममा बुधवार र बिहीबार सर्वसाधारणको घरहरू क्षतिग्रस्त हुँदा दर्जनौँ परिवारहरू विस्थापित भएका जनाएको छ ।
वेस्ट बैङ्क क्षेत्रहरूमा घातक युद्ध र रणनीतिको प्रयोगले कानुनी मापदण्ड नाघेकाले यसबारे चिन्ता बढेको ओसिएइचएले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण