रोकियो युनाइटेडको हारको यात्रा
म्यानेस्टर । म्याथियस डी लिटले टोलीका लागि पहिलो गर्दा म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनमाथि जित हासिल गरेको छ । ३–० को जितसँगै युनाइटेडको प्रिमियर लिगमा लगातार दुई खेलको हारको शृङ्खलामा पूर्ण विराम लागेको हो ।
लिभरपुलसँग लज्जास्पद हार बेहोरेर अन्तर्राष्ट्रिय ब्रेकमा गएको एरिक टेन हागको टोलीलाई आजको खेलमा जसरी पनि ३ अङ्कको खाँचो थियो । तर, टोलीको सुरुवात राम्रो हुन सकेन । यसैबिच साउथह्याम्पटनले पेनाल्टी पायो । क्यामरुन आर्चरको पेनाल्टीलाई आन्द्रे ओनानाले जोगाएपछि भने युनाइटेडको भाग्य बदलियो ।
३५ औँ मिनेटमा डी लिटले ब्रुनो फर्नान्डेजको पासमा युनाइटेडलाई अग्रता दिलाए । ४१ औँ मिनेटमा मार्कस रासफोर्डले दोस्रो गोल थपे । यो सिजन उनले पहिलोपटक खाता खोलेका हुन् भने गत मार्चपछि उनको यो पहिलो गोल थियो ।
अभागी साउथह्याम्पटनका लागि दोस्रो हाफमा ज्याक स्टेफन्सले सिधै रातो कार्ड खाए । यसको फाइदा उठाउँदै अलेहान्द्रो ग्रानाचोले गोल गर्दै युनाइटेडलाई सहज जित दिलाए ।
४ खेलबाट युनाइटेडले ६ अङ्क बटुल्दै हाललाई आठौँ स्थानमा कायम रहेको छ । साउथह्याम्पटन भने यो सिजन जितविहीन रहेको छ । शून्य अङ्कसहित टोली पुछारबाट दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण