करिब ३०० यात्रीलाई विमानमै ५ घण्टासम्म राखेपछि भनियो– ‘फ्लाइट क्यान्सिल’
काठमाडौँ । मुम्बईबाट दोहा जान लागेको इन्डियो एयरलाइन्सका यात्री ५ घण्टाभन्दा बढी समयसम्म विमानमै बसेर पनि गन्तव्यतर्फ जान पाएनन् ।
आइतबार बिहान ३ः५५ बजे दोहाका लागि उड्नुपर्ने विमान झण्डै ६ घण्टासम्म पनि उड्न नसकेपछि यात्रीले निकै सास्ती बेहोर्नु परेको थियो ।
इन्डिगोको उडान नम्बर ६ई १३०३ रहेको विमानमा करिब ३०० यात्री बोर्डिङ सकेर उडानको प्रतीक्षामा थिए । अध्यागमनको प्रक्रिया पूरा गरेर विमानमा पुगेका ती यात्रीलाई ५ घण्टाभन्दा बढी समयसम्म विमानमै राखेपछि एयरलाइन्सले ‘फ्लाइट क्यान्सिल’ भन्दै फेरि फर्काएको थियो ।
विमानका यात्रीले आफूलाई घण्टौँसम्म भोकै–प्यासै विमानमा राखेर उडान रद्द भएको भन्दै फर्काइएको गुनासो गरेका छन् । एयरलाइन्सले भने केही प्राविधिक समस्याका कारण उडान हुन नसकेको जनाएको छ ।
यात्रीलाई खाना–पानीको व्यवस्था भने गरिएको एयरलाइन्सले जनाएको छ । ती यात्रीलाई अर्को फ्लाइटका लागि ‘रि–बुकिङ’ गरिएको पनि एयरलाइन्सको भनाइ छ । त्यतिन्जेलसम्मका लागि यात्रीलाई होटलमा राखिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण