रणवीर–दीपिकाले मिडियामा छोरीको अनुहार नदेखाउने
आइतबार, ३० भदौ २०८१, १४ : २०
नयाँ दिल्ली । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण भर्खरै मात्र मातापिता बनेका छन् । दीपिकाले ८ सेप्टेम्बरमा मुम्बईको एक अस्पतालमा छोरीलाई जन्म दिएकी थिइन् ।
सिंह दम्पतीले सामाजिक सञ्जालमा ‘वेलकम बेबी गर्ल’ भन्दै फ्यानहरूलाई यो शुभ समाचार सुनाएका थिए । यसैबिच सिंह दम्पतीले सञ्चार माध्यमहरूमा आफ्नी छोरीको अनुहार नदेखाउने भएका छन् । अनुष्का शर्मा र विराट कोहलीको सिको गरेर सिंह दम्पतीले पनि छोरीको मामिलामा नो–फोटो पलिसी अपनाउने भएका छन् ।
छोरीलाई आफैँले हुर्काउने पनि अभिनेत्रीले भनेकी छिन् । बलिउड लाइफको रिपोर्ट अनुसार छोरीका लागि सिंह दम्पतीले कुनै न्यानी राख्ने छैनन् । यसमा दीपिकाले अभिनेत्री ऐश्वर्या राय बच्चनलाई पछ्याएकी छिन् । ऐश्वर्याले झैँ दीपिकाले पनि आफ्नी छोरीको सारा काम आफैँ गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण