लिक छाडेर खेतमा पुग्यो रेल
आइतबार, ३० भदौ २०८१, १५ : २१
काठमाडौँ । भारतको बिहार राज्यको गयामा एउटा रेल अनियन्त्रित हुँदै लिक छाडेर खेतमा पुगेको छ ।
‘लुप लाइन’ अर्थात् वैकल्पिक लिकबाट गइरहेको रेलको इन्जिन अनियन्त्रित हुँदै खेतमा पुगेको हो । यो घटना शुक्रबार दिउँसोको रहेको बताइएको छ । स्थानीयले रेल अनियन्त्रित भएपछि बनाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार गया–किउल रेल लाइनमा वजीरगञ्ज स्टेसन र कोल्हाना हल्टको बिच रघुनाथपुर गाउँ नजिकै उक्त घटना भएको हो । रेलमा यात्री बोक्ने डिब्बा भने थिएन । लोको पाइलटले रेलको इन्जिनमात्र गन्तव्यतर्फ लगिरहेको बेलामा उक्त दुर्घटना भएको जनाइएको छ ।
सो दुर्घटनामा मानवीय क्षति भने भएको छैन । रेलको लिक र इन्जिनमा सामान्य क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण