सहकारी ठगी प्रकरण
सहकारी छानबिन समितिको प्रतिवेदन तयार, भोलि बुझाउने तयारी
आइतबार, ३० भदौ २०८१, १६ : ११
काठमाडौँ । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन करिब तयार भएको छ । तीन महिना अघि संसद्बाट गठन भएको समितिले प्रतिवेदन लेखन कार्यलाई अन्तिम चरणमा पुर्याएको छ ।
आइतबार प्रतिवेदनलाई तयार गरेर समितिले भोलि (सोमबार)को प्रतिनिधि सभा बैठकमा पेस गर्ने तयारी गरेको हो ।
‘आज सबै काम सकेर भोलिको संसद् बैठकमा प्रतिवेदन पेस गर्ने हाम्रो प्रयास हो । हामी प्रतिवेदनलाई अन्तिम रूप दिन लागिपरेका छौँ‚’ समिति एक सदस्यले भने ।
समितिले प्रतिवेदन तयार पार्न कार्यक्षेत्र (टीओआर)मा उल्लेख गरिएका २९ सहकारीका पदाधिकारीसहित सम्बन्धित निकायसँग छलफल र स्थलगत अध्ययन समेत गरेको थियो । समितिले पूर्वगृहमन्त्री रवि लामिछानेको पनि बयान लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण