एकीकृत समाजवादीका पूर्वकेन्द्रीय सदस्य कन्दङ्वासहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
काठमाडौँ । झापाका पुराना वामपन्थी नेता लोकबन्धु कन्दङ्वासहितका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्र झापाले बिर्तामोडमा आइतबार गरेको राजनीति प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई स्वागत गरेका हुन् ।
कन्दङ्वा दुई वर्षअघि नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यबाट राजीनामा दिएर स्वतन्त्र वामपन्थी बुद्धिजीवीको रुपमा सक्रिय थिए ।
पार्टी प्रवेश गर्दै कन्दङ्वाले जनताको भावना र ऐजेण्डा बुझेर आफ्नो कार्यदिशा तय गर्ने पार्टी माओवादी केन्द्र भएको बताए ।
‘आज मुलुक जुन ठाउँमा छ, त्यो माओवादीका कारण सम्भव भएको हो । माओवादीसँग एजेन्डाको कमी छैन । त्यसको कार्यान्वयन भए माओवादीलाई कसैले छुन सक्दैन’, उनले भने ।
पार्टी प्रवेश गर्नेमा एमालेका जिल्ला तथा नगरस्तरीय नेतासहित जसपाको विद्यार्थी संगठनका ६४ जना माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा समाहित भएको माओवादीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण