आफ्ना खेलाडीमाथि अनलाइनमार्फत जातीय दुर्व्यवहार भएको भन्दै पीएसजी आक्रोशित
काठमाडौँ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले आफ्ना खेलाडीमाथि अनलाइनमार्फत जातीय दुर्व्यवहार भएको आरोप लगाएको छ । आफ्ना प्रभावशाली डिफेन्डर नुनो मेन्डेसमाथि अनलाइनमार्फत जातीय दुर्व्यवहार भएको बताउँदै पीएसजीले यस्तो कार्यको निन्दा पनि गरेको छ ।
शनिबार राति सम्पन्न फ्रेन्च लिगअन्तर्गतको खेलमा पीएसजीले ब्रेस्टलाई ३–१ गोलले हराएपछि २२ वर्षीय पोर्चुगिज खेलाडी नुनोमाथि जातीय दुर्व्यवहार गरिएको थियो । सामाजिक सञ्जाल इन्स्टाग्राममा नुनोमाथि ब्यक्त गरिएका अशोभनीय टिप्पणी पनि पीएसजीले सार्वजनिक गरेको छ ।
‘पेरिस सेन्ट जर्मन जातिवाद, रंगभेदी व्यवहार, अपमानजन्य ब्यवहारजस्त हरेक गलत कार्यको विरोध गर्छ । हामी यस्तो कुरा सहन गर्न सक्दैनौँ,’ पीएसजीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । पीएसजीले दोषीमाथि कारबाहीको माग पनि गरेको छ ।
जारी सिजनको फ्रेन्च लिगमा पीएसजी अंक तालिकाको पहिलो स्थानमा आसिन छ । हालसम्म चार खेल खेलेको पीएसजीले शतप्रतिशत नतिजासहित १२ अंक बटुलेको छ । पीएसजीले चार खेलमा १६ गोल गरिसकेको छ भने केवल तीन गोल खाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण