भ्रष्टाचारीको जात र धर्म हुँदैन : सांसद झा
सोमबार, ३१ भदौ २०८१, १४ : १२
काठमाडौँ । प्रतिनिधिसभा सदस्य रञ्जुकुमारी झाले भ्रष्टाचारीलाई कुनै हालतमा छुट दिन नहुने बताएकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद झाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो मात्र राष्ट्रपतिलाई बुझाएको वार्षिक प्रतिवेदनमा सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भएको उल्लेख भएको भन्दै उक्त भ्रष्टाचार सङ्घीय निजामती कर्मचारी ऐन अभावले हो कि भन्ने आफूलाई लागेको बताइन् ।
त्यसैगरी उनले कतिपय सांसदहरू समेत सहकारीलगायतका भ्रष्टाचारमा मुछिएको भन्दै भ्रष्टाचार र भ्रष्टाचारीलाई कडा कारबाही गर्नुपर्ने बताइन् । उनले भ्रष्टाचारीको कुनै जात र धर्म नहुने समेत बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण