प्रतिनिधि सभा : शक्ति बस्नेतको प्रश्नमा ओलीको प्रतिप्रश्न
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरमा केही साता अघि भएको विस्फोटमा दुई बालबालिकाको मृत्यु भएको विषयलाई के भन्ने भनेर प्रश्न गरेका छन् ।
प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधि सभा बैठकमा आफ्नो सम्बोधन सुरु गर्दै पाँचथर विस्फोट र बालबालिकाको मृत्युबारे चर्चा गरेका हुन् ।
त्यसअघि नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले प्रतिनिधि सभा बैठकमा क्रान्तिलाई हिंसाका रूपमा व्याख्या गर्ने हो भने झापा विद्रोह र २००७ साललाई के भन्ने भनेर प्रश्न गरेका थिए ।
बस्नेतको सोही प्रश्नतिर लक्षित गर्दै प्रधानमन्त्री ओलीले प्रतिप्रश्न गरेका हुन् । उनले आफू धेरै विषयमा चर्चा गर्न उपस्थित नभएको भन्दै पाँचथर घटनाबारे भने सुरुवातमै उल्लेख गरे ।
‘प्राकृतिक प्रकोप पनि होइन त्यो । बम बिस्फोटबाट भन्नुपर्ने हो कि होइन ! दुई बालबालिकाको मृत्यु भयो,’ ओलीले भने, ‘दुई जना घाइते छन् ।’ सो घटनालाई के भनेर बुझ्ने भन्ने ओलीको प्रश्न थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण