नाइजेरिया : बाढी आएपछि २ सय ५० भन्दा बढी कैदी भागे
सोमबार, ३१ भदौ २०८१, १५ : १३
बोर्नो । नाइजेरियाको बोर्नो राज्यमा आएको भीषण वर्षापछि कम्तीमा २ सय ७४ जना कैदी भागेको नाइजेरियन करेक्सनल सर्भिसले आइतबार जानकारी दिएको छ ।
सर्भिसका प्रवक्ता अबुबकर उमरले दिएको जानकारी अनुसार बाढीले कारागारका पर्खालहरू ढलेका थिए । उमरका अनुसार सुरक्षित स्थानमा सार्ने क्रममा २ सय ८१ कैदीहरू भागेका थिए । जसमध्ये ७ जनालाई पछि पक्राउ गरिएको थियो ।
उमरले भागेकाहरूको बायोमेट्रिकसहित पहिचान खुलेको र उनीहरूबारे सार्वजनिक सूचना समेत जारी गरिएको बताए । फरार भएका कैदीहरूको खोजी जारी रहेको उनको भनाई छ ।
भीषण बाढीका कारण नाइजेरियामा २ सय २९ जनाको मृत्यु भएको छ भने ३ लाख ८६ हजार सर्वसाधारण विस्थापित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण