रवि लामिछानेले ‘क्लिन चिट’ पाउनुभएको छ : स्वर्णिम वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेले सहकारीको रकम दुरुपयोगका सम्बन्धमा क्लिन चिट पाएको दाबी गरेका छन् ।
सोमबारको प्रतिनिधि सभा बैठकपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै वाग्लेले यस्तो बताएका हुन् ।
‘रवि लामिछानेजीले त आज क्लिन चिट पाउनुभएको छ मूल आरोपबाट । अव ठुला पार्टीमा ठुलै पद ओगटेर बसेका वास्तविक ठगहरू योबाट उजागर भएको छ’, वाग्लेले भने,‘अन्तत्वगत्वा संसदीय समितिले देशको भलो हुने काम नै गरेको जस्तो लागेको छ ।’
उनले वास्तविक सहकारी पीडितको मुद्दा नछोड्ने पनि बताए । सभापति रवि लामिछानेले अझै पनि आफूले उठाएको विषयलाई कसैले लिपपोत गरे आफूले प्रतिवाद नगर्ने बताए ।
कार्यबहाक प्रवक्ता मनिष झाले समितिले ८३ अर्बको अवैध कारोबार भयो भनेको तर गोरखा मिडियामा ८५ करोडमात्र गएको भनेकाले ८२ अर्ब १५ करोड रुपैयाँ खोज्ने कि नखोज्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण