गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख भन्दा बढी सहकारीबाट गएको प्रतिवेदनको ठहर

काठमाडौँ । सहकारी बचत अपचलन छानबिन गर्न बनेको समितिले गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख ०४ हजार ५३८ रुपैयाँ सहकारीबाट गएको देखाएको छ ।
समितिले आज संसद्मा बुझाएको प्रतिवेदन अनुसार सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि, सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि.सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लि, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. र सानो पाइला बचत तथा ऋण सहकारी संस्था लि।बाट उक्त रकम गएको हो ।
‘कतिपयले कम्पनीलाई सापटीका रूपमा, कतिमा कम्पनीलाई ऋणका रूपमा, कतिमा सञ्चालकका नाममा ऋण खडा गरी कम्पनीमा र कतिमा कम्पनीका सञ्चालकको नाममा ऋण खडा गरी कम्पनीमै रकम प्रवाह भएको देखियो‚’ प्रतिवेदनमा लेखिएको छ ।
जुन विधि वा मार्ग अपनाइएको भएता पनि ती कारोबारहरू कानुनसम्मत नदेखिएको प्रतिवेदनमा लेखिएको छ ।
गोरखा मिडिया नेटवर्क अन्तर्गत ग्यालेक्सी फोर के टेलिभिजन सञ्चालन भएको थियो । यसको सञ्चालक जीवी राई र प्रबन्ध निर्देशक तथा सेयर होल्डर रवि लामिछाने रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतमा लुङ्दीखोला सिँचाइ आयोजना सम्पन्न
-
श्रमिक वर्गले परिवर्तनको नेतृत्वदायी भूमिका खेल्न सक्छन् : पूर्वप्रधानमन्त्री खनाल
-
राजधानीमा एकाबिहानै वर्षा, खराब मौसमले उडान प्रभावित
-
श्रमिकको पसिनाले देश अगाडि बढेको छ : प्रधानमन्त्री
-
श्रमजीवीको संघर्षकै कारण देशमा गणतन्त्रात्मक व्यवस्था कायम भएको हो : प्रचण्ड
-
‘कि जितिन्छ, कि बितिन्छ’ भन्दै सडकमा आएका शिक्षकहरूको उधारो सहमति