राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा समस्या
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा समस्या आएको छ । वेबसाइटमा हाल लेखामान बोर्ड नामक चार्टर्ड एकाउन्टको लिंक खुलिरहेको छ । नेपाल सरकारबाट नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ बमोजिम गठित बोर्डको डिटेल बोर्डको वेबसाइटमा देखिन्छ ।
बोर्डका अध्यक्ष डा महाश्रम शर्माले अहिले वेबसाइटमा समस्या देखिएको बताए । सिंहदरबारमा रहेको एकीकृत डाटा व्यवस्थापन केन्द्र (राष्ट्रिय सूचना प्रविधि केन्द्र) मा समस्या आएपछि त्यसमार्फत सञ्चालनमा रहेको बोर्ड लगायत अन्य निकायहरूको वेबसाइटमा समस्या देखिएको उनको भनाइ छ ।
‘केन्द्रको डाटा सेन्टरमा समस्या देखिएको छ । जसले गर्दा त्यहाँबाट सञ्चालन हुने हाम्रो लगायत अन्य विभिन्न निकायको वेबसाइटमा समेत समस्या देखिएको छ । यो बनाउने काम भइरहेको छ,’ अध्यक्ष शर्माले भने ।
बोर्डको मुख्य वेबसाइटमा समस्या आएपछि अहिले बोर्डबाट जारी गरिने सूचनाहरू WWW.SEE.GOV.NP मार्फत सार्वजनिक गर्दै आएको छ । समस्याको समाधानका लागि काम भइरहेको र केही दिनमा ठिक हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण