न्यूनतम साझा कार्यक्रमको मस्यौदा निर्माण अन्तिम चरणमा
काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न गठित चार सदस्यीय कार्यदलले मस्यौदा निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको छ ।
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेका दुई/दुई जना नेता सम्मिलित कार्यदलले तीनचार दिनयता गृहकार्य गरेर कार्यक्रमको मस्यौदा तयार पारिरहेका छन् ।
कार्यदल सदस्य तथा कांग्रेस नेता डा. प्रकाशशरण महतले कार्यदलले काम गरिरहेको भन्दै बुधबार बेलुकासम्म मस्यौदालाई अन्तिम रूप दिने तयारी भएको बताए ।
‘हामीले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरिरहेका छौ, सकेसम्म बुधबार बेलुकाभित्र टुङ्ग्याउने तयारी छ’, नेता महतले रातोपाटीसँग भने, ‘मस्यौदा तयार गरेर शीर्ष नेतालाई ब्रिफिङ गर्ने तयारी छ ।’
कार्यदल सदस्यहरूका अनुसार न्यूनतम साझा कार्यक्रम बजेट र सरकारको नीति तथा कार्यक्रमसँग मेल खानेगरी तयार गरिएको छ ।
कार्यदलमा काँग्रेसका तर्फबाट महामन्त्री गगन थापा र नेता प्रकाशशरण महत छन् भने एमालेबाट उपमहासचिवहरू प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् ।
नेता महतले कार्यदलले मस्यौदा निर्माणको काम समयमै सकेमा प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका जानु अघि नै सार्वजनिक गर्ने तयारी भएको पनि जानकारी दिए ।
‘सकभर प्रधानमन्त्रीज्यू अमेरिका जानुअघि नै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने सरकारको सोच हो । त्यही अनुसार हामीले काम गरिरहेका छौँ’,महतले भने, ‘सकेसम्म चाँडो गर्ने प्रयास छ ।’
प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ४ गते महासभामा भाग लिन अमेरिका जाँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण