माल्दिभ्समा नेपाल पुलिस क्लबको लगातार तेस्रो जित, ताजकिस्तानी क्लबलाई हरायो
काठमाडौँ । मल्दिभ्सको राजधानी मालेमा जारी काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले लगातार तेस्रो जित हात पारेको छ । पुलिस क्लबले मंगलबार खेलिएको आफ्नो तेस्रो खेलमा ताजकिस्तानको क्लब डाई मेडलाई ३–० को सोझो सेटमा हरायो ।
खेलको प्रारम्भदेखि नै पुलिस क्लबले ताजनिकस्तानको क्लबलाई दबाबमा राखेको थियो । पहिलो सेटमा पुलिस क्लब २५–१५ अंकले अगाडि रह्यो । पुलिस क्लबले दोस्रो सेटको नतिजालाई पनि २५–१२ अंकले आफ्नो पक्षमा पार्यो । तेस्रो सेटमा पनि पुलिस क्लब २५–१४ अंकले विजयी भएको थियो ।
पुलिस क्लबले यसअघि लगातार दुई खेलमा एकपक्षीय जित हात पारेको छ । पुलिस क्लबले आफ्नो पहिलो खेलमा आइतबार उज्बेकिस्तानको हुमो क्लबलाई ३–० सेटमा पराजित गरेको थियो ।
दोस्रो खेलमा पुलिस क्लबले सोमबार श्रीलंकन एयर फोर्सको टोलीलाई ३–० सेटले हराएको थियो । त्यो खेलमा पुलिस क्लब २५–१६, २५–२०, २५–२१ अंकले विजयी भएको थियो ।
नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब उक्त च्याम्पियनसिपमा सहभागिता जनाएको हो । पुलिस क्लबले आफ्नो चौथो खेल बिहीबार माल्दिभ्सको क्लब भामकोसँग र पाँचौँ तथा अन्तिम खेल शुक्रबार माल्दिभ्सकै पुलिस क्लबसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण