पोखरामा क्यान्सर उपचारको सेवा विस्तार, बीपी कोइराला अस्पतालसँग सम्झौता
पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पोखरामा क्यान्सर उपचारको सेवा विस्तार गरिएको छ । प्रतिष्ठानले क्यान्सर उपचार सेवाको लागि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरसँग सम्झौता गरेको हो ।
सम्झौता अनुसार प्रतिष्ठानलाई बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले विशेषज्ञ सहयोग गर्नेछ । अस्पतालका कार्यकारी निर्देशक डा. शिव पौडेल र प्रतिष्ठान पोखराका निर्देशक भरतबहादुर खत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौता कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सेवा विस्तारले गण्डकीका बिरामीलाई सेवा लिन सहज हुने बताए । उनले स्वास्थ्य उपचार खर्चिलो हुँदै गएकाले बीमामार्फत उपचार हुने व्यवस्थाका लागि सरकारले बीमाको रकम एक लाखबाट बढाएर पाँच लाख पुर्याउन लागेको सुनाए ।
सम्झौता अनुसार विस्तारित सेवाको हकमा क्यान्सर अस्पतालले महिनाको कम्तीमा एकपटक बहिरङ्ग, अन्तरङ्ग एवं उपचार समेत समेटेर सेवा प्रदान गर्नेछ । सेवा दिनको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले क्यान्सर रोगको विस्तारित सेवा सञ्चालन गर्न आवश्यक वातावरण निर्माण गर्ने, सेवाग्राहीलाई सेवाबारे सूचना, कार्यतालिका र सेवा विवरणबारे जानकारी गराउनुपर्ने छ ।
सम्झौता असोज १ गतेदेखि २०८२ असार मसान्त सम्मका लागि भएको प्रतिष्ठानका निर्देशक खत्रीले जानकारी दिए । यसअघि यहाँका बिरामी अन्यत्रै गएर उपचार गर्थे । प्रदेश सरकारले क्यान्सर उपचारका लागि विभिन्न अस्पतालसँग सम्झौता पनि गरेको छ ।
यसअघि प्रतिष्ठानमा सामान्य उपचार भएपनि अवस्था जटिल भएपछि भरतपुर वा काठमाडौँ पुग्नुपर्थ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लामा दसैँको समयमा मात्रै १६ करोडभन्दा बढीका भेडा तथा खसीबोकाको कारोबार
-
सुत्नुअघि ग्लीसिरिनमा यसलाई मिसाएर अनुहारमा लगाउनुस्, हट्नेछ सबै चाउरी
-
सर्वाधिक मेडन ओभरको कीर्तिमान : चर्चित खेलाडीभन्दा नसुनिएका नाम बढी !
-
काठको अवैध ओसारपसार गरिरहेको अवस्थामा ट्याक्टरसहित एकजना पक्राउ
-
इजरायलमा ड्रोन आक्रमण : ४ सैनिकको मृत्यु, ६० जनाभन्दा बढी घाइते
-
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची