दसैँ-तिहारमा वायुसेवा निगमका कर्मचारीलाई अनावश्यक बिदा बस्न रोक
काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आगामी दसैँ, तिहार र छठ पर्वमा नेपाल वायुसेवा निगमका जहाजहरूमार्फत नियमित उडानहरू सुचारु राख्न कार्ययोजना पेस गर्न निर्देशन दिएका छन् । यसका लागि २४ घण्टाभित्र ६० दिने कार्ययोजना पेस गर्न भनिएको छ ।
अधिकारीले निगमका नायव महाप्रबन्धक(प्रा.), इन्जिनियरिङ मेन्टेनेन्स विभाग, कन्टिन्युइङ्ग एयरवर्दिनेस विभाग, क्वालिटी एस्योरेन्स विभाग र बजार व्यवस्थापन विभागका विभागीय प्रमुखहरूलाई मंगलबार बोलाएर सो निर्देशन दिएका हुन् । यसै गरी अत्यावश्यक र अत्यन्त जरुरी बाहेक अन्तर्राष्ट्रिय तालिम तथा भ्रमणमा कोही नजान र मातहत कर्मचारीहरूलाई समेत नपठाउन प्रस्ट निर्देशन दिइएको छ ।
साथै, उक्त अवधिमा निगमका सबै विभागका इन्चार्ज र प्रबन्धकदेखि माथिका जिम्मेवार कर्मचारीहरूलाई कार्यालयको काममा वाधा पर्ने गरी बिदा नदिनसमेत निर्देशन अधिकारीले निर्देशन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण