बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

चाङ्गनद्वारा यस वर्ष १७ लाख थान कार बिक्री

मङ्गलबार, ०१ असोज २०८१, २० : ३५
मङ्गलबार, ०१ असोज २०८१

काठमाडौँ । डिपल र अवतार नामक नयाँ ब्रान्डहरूको नेतृत्व गरेको चाङ्गन अटोमोबाइलले यस वर्ष अहिलेसम्म लगभग १७ लाख थान कार बिक्री गरेको कम्पनीले जनाएको छ ।  कार चाइना न्युजका अनुसार कम्पनीको अर्ध-वार्षिक प्रतिवेदनका अनुसार हाल कम्पनीको राजस्व ७६.७ अर्ब युआन (१०.७७ अर्ब अमेरिकी डलर) पुगेको छ, जुन वार्षिक प्रतिवेदन अनुसार यस वर्ष १७ प्रतिशतले बढेको हो।

चाङ्गन अटोमोबाइलको सुरुवात सन् १८६२ मा भएको थियो। अहिले कम्पनीसँग संसारभरका ३० देशहरूका १७,००० भन्दा बढी प्राविधिकहरू रहेका छन् भने ६ देशका १० स्थानहरू; हेबेईमा चोंगकिंग, बेइजिंग, सांघाई र डिंगजोउ, अन्हुईमा हेफेई, इटालीको टुरिन, जापानको योकोहामा, बेलायतको बर्मिङ्घम, अमेरिकाको डेट्रोइट र जर्मनीको म्युनिखमा आर एन्ड डी केन्द्रहरू स्थापना गरिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप