इन्टरनेट कम्पनीहरूका यस्ता छन् दसैँ अफर
काठमाडौँ । चाडबाड नजिक आएसँगै ग्राहक आफूतिर तान्न विभिन्न कम्पनीहरूले योजना सार्वजनिक गरेका छन् । अर्थतन्त्र चलायमान हुने यो समयमा आफ्नो उत्पादन थप बिक्री गर्नका लागि हरेक क्षेत्रका कम्पनीले केही न केही अफर ल्याउँछन् । त्यसमध्ये इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले पनि योजना सार्वजनिक गरेका छन् । इन्टरनेट सेवा प्रदायकमध्ये केहीले दसैँ अफर सार्वजनिक गरिसकेका छन् भने केहीले गर्ने योजनामा छन् ।
- वर्ल्डलिंकमा कार जित्न सकिने
इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले दसैँ तिहारलाई लक्षित गरेर ‘कार्निभल’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बम्पर उपहारमा ‘नामी’ ब्रान्डको विद्युतीय कार राखिएको छ ।
नयाँ प्रयोगकर्ता र नवीकरण गर्ने दुवै खालका प्रयोगकर्ता यो योजनामा सहभागी हुन सक्नेछन् । तर खल्तीबाट भुक्तानी गर्ने उपभोक्ता मात्रै यसमा सहभागी हुन पाउने वर्ल्डलिंकले जनाएको छ ।
त्यसका साथै सामसङ र बोटका विभिन्न सामग्रीमा ३९ प्रतिशतसम्म छुट दिइने कम्पनीले जनाएको छ ।
- क्लासिक टेकको निःशुल्क इन्टरनेट
क्लासिक टेकले दसैँ लक्षित ‘तिमीलाई पनि मलाइ पनि’ अफर सार्वजनिक गरेको छ ।
कम्पनीले क्लासिक टेक मोबाइल एपबाट रिफर गर्दा रिफर गर्ने र रिफर मार्फत इन्टरनेट र टिभी जडान गर्ने दुवै जनाको हात खाली नहुने जनाएको छ ।
कम्पनीका अनुसार रिफर गर्ने ग्राहकले ४ महिना इन्टरनेटका साथै टिभी र रिफरमार्फत इन्टरनेट जडान गर्ने ग्राहकले २ महिनासम्मको इन्टरनेटका साथै टिभी बोनस पाउनेछन् । यस योजना अन्तर्गत डुवल ब्याड राउटर समेत निःशुल्क पाउने कम्पनीले जनाएको छ ।
रिफर अफर १२५ एमबीपीएसदेखि ३०० एमबीपीएस सम्मको १ वर्षको इन्टरनेट र टिभी जडान गर्दा लागू हुनेछ । १२५ एमबीपीएस जडान गर्दा प्रतिमहिना ३०३ रुपैयाँ र २०० एमबीपीएस जडानमा प्रति महिना ५९१ रुपैयाँ लाग्ने क्लासिक टेकले जनाएको छ ।
- डिशहोमको तीन महिना बोनस
डिशहोमले चाडपर्व लक्षित ‘खुसीको सेलिब्रेसन’ योजना ल्याएको छ । यसअन्तर्गत ग्राहकले तीन महिनाको इन्टरनेट बोनस प्राप्त गर्नेछन् । २०० एमबीपीएस र ३०० एमबीपीएसका वार्षिक इन्टरनेट प्याकेजहरूमा यो अफर लागु हुने कम्पनीले जनाएको छ ।
- सुविसुको एक महिना निःशुल्क
इन्टरनेट सेवा प्रदायक सुविसुले रिफर अफर ल्याएको छ । यो अफरअन्तर्गत इन्टरनेट जडान गर्ने र रिफर गर्ने दुवैले एक महिना निःशुल्क प्रयोग गर्न पाउनेछन् । यसमा एक महिनाको इन्टरनेट तथा क्लियर टिभी दुवै निःशुल्क दिइएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण