एन्ड्रिकले च्याम्पियन्स लिगमा रेकर्ड बनाउँदा रियलको जित
मड्रिड । एन्ड्रिक रियल मड्रिडका लागि च्याम्पियन्स लिगका गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बन्दा टोलीले घरेलु मैदानमा स्टुटगार्टमाथि संघर्षपूर्ण जित हासिल गरेको छ ।
१८ वर्ष ५८ दिनको उमेरमा ब्राजिलियन खेलाडीले क्लबका लिजेन्ड राउलले सन् १९९५ मा बनाएको रेकर्ड तोडेका हुन् । फेरेंकभारोसविरुद्ध गोल गर्दा राउल १८ वर्ष ११३ दिन उमेरका थिए ।
यो सिजन पाल्मेरासबाट रियल आइपुगेका स्ट्राइकर यसअघि ला लिगामा डेब्युमा गोल गर्ने टोलीका लागि सबैभन्दा कान्छो खेलाडी बनिसकेका छन् । उनले रियल भालाडोलिडविरुद्ध गोल गरेका थिए ।
मंगलबार राति भएको खेलको पहिलो हाफ बराबरीमा टुङ्गिएको थियो । तर, दोस्रो हाफको सुरुवातमा नै रोड्रिगोको पासमा किलियान एम्बाप्पेले रियललाई अग्रता दिलाए । तर, ६८ औँ मिनेटमा डेनिज उन्डाभले स्टुटगार्टका लागि बराबरी गोल फर्काए ।
खेल बराबरीतर्फ अग्रसर भइरहँदा लुका मोड्रिचको क्रसमा एन्टोनियो रुडिगरले गोल गर्दै रियललाई अग्रता दिलाए । इन्जुरी समयमा एन्ड्रिकले अर्को गोल थप्दै रियलको जित सुनिश्चित गरे ।
कार्लो एन्चेलोटीको टोलीले अब अर्को खेलमा लिलको सामना गर्नेछ भने स्टुटगार्टले स्पार्टा प्रागको आतिथ्य गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण