फिल्म ‘अज्ञात’ मा नीति
बुधबार, ०२ असोज २०८१, १२ : ३२
काठमाडौंँ । अभिनेत्री नीति शाह ‘अज्ञात’ मा पनि देखिने भएकी छन् । समोस सुनुवारको निर्देशनमा बन्न लागेको फिल्ममा अभिनेताद्वय सौगात मल्ल र अनुपविक्रम शाही मुख्य कलाकारको रुपमा छन् ।
कर्म पिङ्की भुटियाको निर्माण रहने फिल्ममा प्रदीप भारद्वाजको स्क्रिप्ट लेखन छ । यो फिल्मलाई हरि हुमागाइँले छायाङ्कन गर्नेछन् । आगामी माघपछि छायाङ्कन सुरु गर्न लागिएको फिल्मलाई २०८२ सालको फूलपातीमा प्रदर्शन गर्ने बताइन्छ ।
नेपाल र सिक्किममा छायाङ्कन गरिने फिल्म एक्सन प्रधान हुनेछ । नीति ‘खजुरे ब्रो’ बाट अभिनयमा भित्रिएकी हुन् । फिल्म असफल भएपनि उनको हातमा भने फिल्म राम्रो छ ।
उनी अभिनित अहिले ‘ज्वाई साप’ प्रदर्शनको तयारीमा छ । उनले ‘रुखान’, ‘नरसिंहा अवतार’ र ‘मोहर’ गरी तीन फिल्म सम्झौता गरेर बसेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण