नेपालमा भित्रिन्छ बर्सेनि ७१ करोडभन्दा बढीको कागती
काठमाडौँ । नेपालमा बर्सेनि ७१ करोड रुपैयाँभन्दा बढीको कागती भित्रिन्छ ।
नेपालमा सात हजारदेखि ९ हजार मेट्रिक टन बराबरको कागती ल्याउँदा ७१ करोड रुपैयाँभन्दा बढी रकमको खर्च भएको हो । यो कागती भारतबाट मात्रै भित्रिने गरेको भन्सार विभागको तथ्यांक छ ।
नेपालले चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना साउनमा मात्रै ५ करोडभन्दा बढी रकमको कागती आयात गरेको छ । भन्सार विभागका अनुसार साउनमा मात्रै साउनमा ६ सय ३१ मेट्रिक टन बारबार ५ करोड ८७ लाख ८१ हजार रुपैयाँको कागती आयात गरिएको हो । यो वापत सरकारले १ करोड १२ लाख ८ हजार रुपैयाँ राजस्वा संकलन गरिएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा भारतबाट ७ हजार ७१९ मेट्रिक टन कागती आयात भएको भन्सार विभागको तथ्यांक छ । सो कागती भारतबाट आयात गर्दा ७१ करोड ७१ लाख ९६ हजार रुपैयाँ खर्च भएको छ । सो वर्ष सरकारले कागती आयात गर्दा १० करोड ६० लाख ४७ हजार रुपैयाँ राजस्वा संकलन गरेको थियो ।
यस्तै, आर्थिक वर्ष २०७९/८० मा भारतबाट ९ हजार २२ मेट्रिक टन कागती भएको छ । सो बापत ७१ करोड २७ लाख १५ हजार रुपैयाँ खर्च भएको छ । सरकारले ७ करोड २ लाख ५२ हजार रुपैयाँ राज्यले रााजस्वा संकलन गरेको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा ४९ हजार हेक्टर क्षेत्रफलमा अमिलो जातको फलफूल खेती हुँदै आएको छ । यसमध्ये ३२ हजार हेक्टर क्षेत्रफलमा ३ लाख ६ हजार मेट्रिक टन वार्षिक अमिलो जातको फलफूल उत्पादन हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण