नेपालमा भित्रिन्छ बर्सेनि ७१ करोडभन्दा बढीको कागती

काठमाडौँ । नेपालमा बर्सेनि ७१ करोड रुपैयाँभन्दा बढीको कागती भित्रिन्छ ।
नेपालमा सात हजारदेखि ९ हजार मेट्रिक टन बराबरको कागती ल्याउँदा ७१ करोड रुपैयाँभन्दा बढी रकमको खर्च भएको हो । यो कागती भारतबाट मात्रै भित्रिने गरेको भन्सार विभागको तथ्यांक छ ।
नेपालले चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना साउनमा मात्रै ५ करोडभन्दा बढी रकमको कागती आयात गरेको छ । भन्सार विभागका अनुसार साउनमा मात्रै साउनमा ६ सय ३१ मेट्रिक टन बारबार ५ करोड ८७ लाख ८१ हजार रुपैयाँको कागती आयात गरिएको हो । यो वापत सरकारले १ करोड १२ लाख ८ हजार रुपैयाँ राजस्वा संकलन गरिएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा भारतबाट ७ हजार ७१९ मेट्रिक टन कागती आयात भएको भन्सार विभागको तथ्यांक छ । सो कागती भारतबाट आयात गर्दा ७१ करोड ७१ लाख ९६ हजार रुपैयाँ खर्च भएको छ । सो वर्ष सरकारले कागती आयात गर्दा १० करोड ६० लाख ४७ हजार रुपैयाँ राजस्वा संकलन गरेको थियो ।
यस्तै, आर्थिक वर्ष २०७९/८० मा भारतबाट ९ हजार २२ मेट्रिक टन कागती भएको छ । सो बापत ७१ करोड २७ लाख १५ हजार रुपैयाँ खर्च भएको छ । सरकारले ७ करोड २ लाख ५२ हजार रुपैयाँ राज्यले रााजस्वा संकलन गरेको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा ४९ हजार हेक्टर क्षेत्रफलमा अमिलो जातको फलफूल खेती हुँदै आएको छ । यसमध्ये ३२ हजार हेक्टर क्षेत्रफलमा ३ लाख ६ हजार मेट्रिक टन वार्षिक अमिलो जातको फलफूल उत्पादन हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने
-
श्रीमानको मृत्युपछि अदालतले दिनु भनेको सम्पत्ति पनि दिएनन्