नेपालसँग भएका सम्झौता कार्यान्वयन गर्न चीन प्रतिबद्ध छ : कार्यवाहक राजदूत वाङ्छेङ
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिन पिङबाट नेपाल भ्रमण भएको ५ वर्ष पुरा भएको अवसरमा राजधानीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । अन्तरक्रिया कार्यक्रममा नेपालले मित्रराष्ट्र चीनको तीव्र विकासबाट पाठ सिक्नुपर्नेमा कुरामा वक्ताहरूले जोड दिएका छन् ।
कार्यक्रममा नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ्छेङले नेपालको विकास निर्माणमा चीनले गरिरहेको सहयोग आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालसँग भएका सम्झौता कार्यान्वयन गर्न चिनियाँ सरकार प्रतिबद्ध रहेको समेत उनले बताए ।
राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमल्सिनाले नेपाल र चीनबिच व्यापार एवं आवतजावतका लागि खुलेका १४ नाकाबाट तिब्बत क्षेत्रमा आवश्यक उत्पादन पठाउने व्यवस्था तत्काल गर्नुपर्नेमा जोड दिए । उनले नेपालले चीन र भारत दुवै देशबाट फाइदा लिनसक्ने बताए ।
पूर्वमन्त्री एवं नेकपा (एमाले) का नेता आनन्द पोखरेलले नेपाल चीनबिच भएका सम्झौता कार्यान्वयन गरिनुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले चीनले विकास निर्माणका क्षेत्रमा गरेको बहु आयामिकताबाट नेपालले सिकेर अघि बढ्नुपर्नेमा जोड दिए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं सांसद ध्रुवबहादुर प्रधानले चीनको विकासको गति हेरेर नेपाल अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा आयोजक समितिका अध्यक्ष शोभित उप्रेतीले चीन विकास निर्माणमा अघि बढेकाले नेपालले त्यसबाट फाइदा लिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा डा.विक्रम तिमल्सिनाले ‘बिआरआइ’बारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि पत्रकार ठाकुर बेल्वासेले टिप्पणी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण