संविधान दिवस : बागमती प्रदेश सरकारको आयोजनामा प्रभातफेरी (तस्बिरहरू)
_FTSj60tO5d.jpg)
मकवानपुर । संविधान दिवसको अवसरमा बागमती प्रदेश सरकारले प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । संविधान जारी भएको ९ वर्ष पूरा भएको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रम हेटौँडा नगर परिक्रमा गरी मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पुगेर औपचारिक समारोहमा परिणत भएको थियो ।
बिहान ७ बजे हेटौँडा-४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको प्राङ्गणबाट सुरु भएको प्रभातफेरी कार्यक्रम स्कुलरोड, बुद्ध चोक, चौकीटोल, मानसचोक हुँदै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय पुगेको थियो । प्रभातफेरी कार्यक्रममा मुख्यमन्त्री बहादुर सिंह लामा, प्रदेशका विभगीय मन्त्री, सांसद, मन्त्रालयका सचिवहरू, कर्मचारी, सुरक्षा निकाय लगायतको उपस्थिति रहेको थियो ।
प्रभातफेरी कार्यक्रममा विभिन्न झाँकी तथा बाजा प्रदर्शन गरिएको थियो । बागमती प्रदेश सरकारले संविधान दिवस मनाउन मुख्यमन्त्री लामाको अध्यक्षतामा ४३ सदस्यीय मूल समारोह समिति गठन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा बैठक जेठ १४ गतेसम्म स्थगित
-
सरकारले सुकुम्बासीप्रति अमानवीय व्यवहार गरेको साहको आरोप
-
पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस
-
‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत
-
शिवम् सिमेन्टले के ल्याउँदैछ ?
-
गौरवको आयोजना ६ वर्षदेखि अलपत्र