नेपाल पुलिस क्लब आज माल्दिभ्सको प्रतिद्वन्द्वीसँग भिड्दै
काठमाडौँ । मल्दिभ्सको राजधानी मालेमा जारी काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले बिहीबार आफ्नो चौथो खेल खेल्दैछ । पुलिस क्लबले आफ्नो चौथो खेल आयोजक राष्ट्र माल्दिभ्सकै क्लब भामकोसँग खेल्न लागेको हो ।
जारी प्रतियोगितामा पुलिस क्लबले यसअघि लगातार तीन खेलमा जित हात पारिसकेको छ । पुलिस क्लबले मंगलबार खेलिएको आफ्नो तेस्रो खेलमा ताजकिस्तानको क्लब डाई मेडलाई ३–० को सोझो सेटमा हराएको थियो ।
त्यो खेलमा पुलिस क्लब २५–१५, २५–१२, २५–१४ अंकले विजयी भएको थियो । त्यसअघि पुलिस क्लबले आफ्नो दोस्रो खेलमा श्रीलंकन एयर फोर्सको टोलीलाई ३–० सेटले हराएको थियो । त्यो खेलमा पुलिस क्लब २५–१६, २५–२०, २५–२१ अंकले विजयी भएको थियो ।
त्यसअघि आफ्नो पहिलो खेलमा पुलिस क्लबले उज्बेकिस्तानको हुमो क्लबलाई ३–० सेटमै पराजित गरेको थियो । नेपाल पुलिस क्लबको टोली बिहीबार हुने खेलमा पनि माल्दिभ्सको क्लबलाई हराउँदै विजयी यात्रा कायम राख्ने धुनमा हुनेछ ।
नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब उक्त च्याम्पियनसिपमा सहभागिता जनाएको हो । पुलिस क्लबले आफ्नो पाँचौँ तथा अन्तिम खेल शुक्रबार माल्दिभ्सकै पुलिस क्लबसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण