कर्जा सुरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै
काठमाडौँ । नेपालमा कर्जा सुरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषको आयोजनामा शनिबार राजधानीस्थित एक होटेलमा उक्त कार्यक्रम आयोजना हुन लागेको हो ।
सम्मेलनमा एसियाका सबैजसो देशमा निक्षेप तथा कर्जा सुरक्षणसम्बन्धी कारोबार गर्ने संस्थाहरूको सहभागिता रहने कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले जानकारी दिए । उक्त सम्मेलनमा एसियाली राष्ट्रमा सुरक्षण कारोबारसम्बन्धी काम गर्ने संस्थाको सुदृढीकरण, जोखिम न्यूनीकरण, समग्र क्षमता अभिवृद्धि र आपसी सहकार्यसँग सम्बन्धित विषयमा छलफल हुनेछ ।
सम्मेलनमा करिब १३० जना प्रतिनिधिको सहभागिता रहने निश्चित भएको सीईओ घिमिरेको भनाइ छ । कोष नेपालको सुरक्षण कारोबारसम्बन्धी एकमात्रै आधिकारिक निकाय हो । यसले बैंक तथा वित्तीय संस्थाहरूमा रहेको पाँच लाखसम्मको निक्षेप तथा कृषि, विपन्न वर्ग लगायत प्राथमिकताप्राप्त क्षेत्रमा प्रवाहित कर्जाको सुरक्षणसम्बन्धी कारोबार गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण