म्हैपीमा मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु
बिहीबार, ०३ असोज २०८१, १३ : १५
काठमाडौँ । काठमाडौँको म्हैपीस्थित करिडोरमा मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१६ म्हैपीस्थित करिडोरमा ग. १४ प ६४४३ नम्बरको मोटरसाइकललाई बा.४ ख ८६८५ नम्बरको मिनी ट्रकले ठक्कर दिएको हो ।
दुर्घटनामा परेर मोटरसाइकलमा सवार बागलुङ नगरपालिका–१२ घर भएका २५ वर्षीय विनोद खड्काले ज्यान गुमाएका हुन् । बुधवार राति दुर्घटनामा परेका विनोदको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक जना अधिकृतले बताए ।
मोटरसाइकलमा सवार एक जनाको ट्रमा सेन्टरमा उपचार हुँदैछ । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण